काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । काठमाडौंको तीनकुनेबाट प्रहरीले बैंकिङ कसुरमा २ वर्ष कैद सजाय तोकिएका कैलालीको धनगढी उपमहानगरपालिका ५ स्थायी घर भई काठमाडौ महानगरपालिका ३४ बस्ने ४० वर्षीय मनोजकुमार भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारीलाई बैंकिङ कसुरमा सिआइबीको टोलीले शुक्रबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआइजी धीरजप्रताप सिंहले जानकारी दिए । भण्डारीमाथि महोत्तरी जिल्ला अदालतले चेक अनादर विगो मुद्दामा चैत १८ गते पक्राउ गर्न आदेश दिएको थियो ।