×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना बीमाको दाबी भुक्तानीको समस्या छिट्टै समाधान गर्ने अध्यक्ष सिलवालको आश्वासन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोना बीमाको दाबी भुक्तानीको समस्या छिट्टै समाधान गर्ने अध्यक्ष सिलवालको आश्वासन

Artha Sarokar

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी छिट्टै हुने आश्वासन दिएका छन् । मंगलबार बीमा समितिको कार्यालयमा आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानी छिट्टै हुने बताएका हुन् ।
अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिवलगायत पदाधिकारीहरुसँग निरन्तर छलफल गर्नुका साथै समितिबाट विकल्पसहितको प्रस्ताव पठाइएको पनि बताए । चालू आर्थिक वर्षमा बीमा दाबी फछ्र्यौट उल्लेखनीय रुपले बढेको बताउँदै उनले बीमा दाबी भुक्तानीका सम्बन्धमा बीमा समितिमा परेका उजूरीहरु माथि छानविन गरी शीघ्र किनारा लगाउने काम भइरहेको बताए ।
अध्यक्ष सिलवालले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नै बीमाको दायरा विस्तार सरकारले चालू आर्थिक वर्षका लागि लिएको ३३.३३ प्रतिशतको लक्ष्यभन्दा पनि बढेर ३५ प्रतिशत नाघेको जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी