जोमसोम । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारीसाधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दसँैसम्मका लागि सडकमा यातायात बन्द नगरिने जानकारी दिनुभयो ।
“मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशासनको अनुरोधमा चैते दसँैसम्मका लागि समय तालिका हटाएका छौँ”, उहाँले भन्नुभयो, “सवारी आवतजावत प्रभावित नहुनेगरी सडक निर्माणलाई निरन्तरता दिने व्यवस्था मिलाएका छौँ ।”
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर, वडा नं २ नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिर खण्डमा बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म सडकमा यातायात आवतजावत बन्द गरेर बिस्तार र निर्माणको काम गर्न समय तालिका बनाइएको थियो ।
यस वर्षको चैतेदसँै पर्व चैत २६ गते परेको छ । चैते दसँैको समयमा मुस्ताङको कागबेनीमा दिवङ्गत आफन्तको स्मृतिमा पिण्डदान गर्ने चलन छ । भ्रमणको याम भएकाले स्वदेश तथा विदेशबाट मुस्ताङ घुम्न आएका पर्यटकको चाप पनि बढेको छ । मुस्ताङमा केही दिनयता दैनिक तीन हजार जनाको हाराहारीमा तीर्थयात्री र पर्यटक भित्रिएका छन् ।
विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङका छ खण्डमा निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्