×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उच्च अदालतले अन्तरिम आदेश नदिएसँगै हुने भयो भन्सार एजेन्टको परीक्षा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उच्च अदालतले अन्तरिम आदेश नदिएसँगै हुने भयो भन्सार एजेन्टको परीक्षा

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भन्सार एजेन्टको परीक्षा हुने भएको छ । आगामी वैशाख १७ गते शनिबार दिउँसो २ बजे परीक्षा हुने भएको हो । उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता नदिएसँगै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भन्सार विभागले जनाएको छ ।

उच्च अदालत पाटनले परीक्षा सञ्चालन नगर्न गत फागुन २६ गते अन्तरिम आदेश दिएको थियो । त्यसकारण फागुन २८ गतेका लागि तय भएको परीक्षा स्थगित भएको थियो । यस्तै गत चैत १३ गते उच्च अदालत पाटनले उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने बाटो खुल्ला भएको हो । परीक्षा केन्द्र भने पछि तय गरिने विभागले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: