×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनस्वास्थ्यमाथि भाटभटेनी सुपरमार्केटको गम्भीर लापरवाही : म्याद नाघेका समान धमाधम बिक्री गरेपछि पर्यो कारवाहीमा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जनस्वास्थ्यमाथि भाटभटेनी सुपरमार्केटको गम्भीर लापरवाही : म्याद नाघेका समान धमाधम बिक्री गरेपछि पर्यो कारवाहीमा !

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । म्याद नाघेको समान बेच्ने भाटभटेनी सुपरमार्केट पुन: कारवाहीमा परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य विभागको संयुक्त अनुगमन टोलीले आइतबार भाटभटेनी सुपरमार्केटले म्याद नाघेको र एक्स्पायरी डेट नभएको सामान बेचेको भेटेपछि कारवाही गरेको हो ।
टोलीले कारवाहीस्वरुप कलंकीस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको हो ।  यस्तै उक्त टोलीले कालीमाटीमा रहेको समर किराना पसल र चम्पारण स्टोरलाई पनि ५०/५० हजार रुपैयाँ जरिवाना गराएको छ ।
भाटभटेनी यो भन्दा अगाडी पनि म्याद नाघेको र एक्स्पायरी डेट नभएको सामान बेचेकै कारण कयौं पटक कारवाहीमा परिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: