×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विनोद चौधरी बने भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विनोद चौधरी बने भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपति

Artha Sarokar

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विनोद चौधरी भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपतिको सूचीमा परेका छन् । विश्वभरका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि डलर अर्बपतिहरुको सूची सार्वजनिक गर्दै भारतबाहेक दक्षिण एसियाका एक्ला अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी रहेको जनाएको हो ।
सूची अनुसार दक्षिण एसियामा भारतबाहेकका अर्बपति सूचीमा नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरुमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका हुन् । यस्तै दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनैपनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् ।
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ । फोर्ब्सले चौधरीको सम्पत्ति गत वर्ष १.४ अर्ब डलर रहेकोमा यो वर्ष दस करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको जनाएको छ । व्यवसायी चौधरी फोर्ब्सको सूचीमा १९२९ नम्बरमा छन् । चौधरी २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहँदै आएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका सदस्य समेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी