×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नंको भारतीय कन्टेनर जाँचका क्रममा कागजात नभेटिएपछि चालक शिशराम गोर्सीलाई नियन्त्रणमा लिइएको हो ।
आवश्यक कारबाहीका लागि कन्टेरनसहित चालक गोर्सीलाई प्रहरीले मेची भन्सार कार्यालय काँकरभिट्टाको जिम्मा लगाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: