रामेछाप। रामेछाप जिल्लामा बढ्दो रगतको माग पुरा गर्न रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार बैंक इन्स्योरेन्स ग्रुप (बिग) रामेछाप र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले संयुक्त रुपमा मन्थलीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हो।
कार्यक्रममा बैंक तथा बिमाको कर्मचारी र बजारका व्यापारी लगायत २ दर्जन रक्तदाताले स्वतस्फुर्त रक्तदान गरेको बिग रामेछापका सचिव विपिन भट्टराइले जानकारी दिए । पछिल्लो समय मन्थली अस्पताल र रामेछाप जिल्ला अस्पतालले अपरेशन मार्फत डेलिभरी सेवा उपलब्ध दिन थालेकोले रगतको माग बढ्दै गएकाले रक्तदान मार्फत रक्त संकलन गरिएको सचिव भट्टराईले बताए । उनले रक्तसंचार सेवा संचालन गर्दै आएको रेडक्रससँग हाल ४० प्याकेट मात्र राख्ने क्षमता रहेकोले क्षमता वृद्धि गरेर धेरै मौज्दात सहितको उपकरण राख्न आवश्यक देखिएको उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्