×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च हुन सकेन, ५९ अर्ब ९१ करोड अनुदान प्राप्त गर्ने सरकारको लक्ष्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

९ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च हुन सकेन, ५९ अर्ब ९१ करोड अनुदान प्राप्त गर्ने सरकारको लक्ष्य

Artha Sarokar

१ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेको छैन । चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि चैतसम्म ९ महिनाको अवधिमा विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न नसकेको हो । उक्त अवधि सरकारले ४८.६४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत्र ३० गते बुधबारसम्म सरकारले २७.४५ प्रतिशतमात्रै पूँजीगत खर्च गरेको छ ।

प्रतिस्थापन बजेटमार्फत अर्थमन्त्री जर्नादन शर्माले चालुतर्फ १० खर्ब ३ अर्ब ७४ करोड ७ लाख बजेट विनियोजन गरेका थिए भने पूँजीगततर्फ ४ खर्ब २९ अर्ब ६५ करोड ९ लाख बजेट विनियोजन गरेका थिए । यस्तै वित्तीय व्यवस्थापतर्फ एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । जसमध्ये ९ महिनाको अवधिमा कूल बजेट ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख खर्च भएको छ ।

सरकारले चालु वर्षमा ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो । तर सो लक्ष्य पुरा हुन सकेन । सरकारले चैत्र मसान्तसम्ममा ७ खर्ब ८९ अर्ब २६ करोड ४ लाख राजश्व संकलन गरेको छ । यसअवधिमा कर राजस्व ६८.१५ प्रतिशत उठेको छ भने गैरकर राजस्व ५४.५८ प्रतिशत उठेको छ । सरकारले यो वर्ष ५९ अर्ब ९१ करोड अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी