काठमाडौं । सेन्चुरी बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले वैशाख २१ गतेदेखि २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २२ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको हो । जसमध्ये १३ लाख २० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने ८ लाख ७० हजार इकाई ऋणपत्रमा सर्वसाधारणदे आवेदन दिन सक्ने भएका छन् ।
बाँकी १० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सेन्चुरीले १० वर्ष अवधिको ‘सेञ्चुरी डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । यस ऋणपत्रमा वैशाख २५ गतेसम्म आवेदन दिन पाइने भएको छ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख ७० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । यस्तै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्