काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनीले सो केवलकार सञ्चालन गर्ने भएको हो । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा।लि।ले एक पत्रकार सम्मेलनगरी सो बिषयमा जानकारी गराएको हो ।
कम्पनिका तर्फवाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनकालागि आवश्यक प्राविधिक कार्य पुरा भएको र अव निर्माण प्रकृया शुरु हुने जानकारी दिए । उनका अनुसार अवको तीन बर्षमा निर्मण कार्य सम्पन्न भई सो केवलकार सञ्चालनमा आउने छ । कम्पनिका अनुसार चम्पादेवीमाताको मन्दिर रहेको डाडाहरु गरी करीब बाईस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानूनी अवरोधहरुको निकास सम्मानित सर्वोच्च हदालतबाट मिति २०७४-०७-२८ को निर्णय बाट प्राप्त गरीसकेपछि यो परियोजनाको कार्य तिब्रगतिले प्रारम्भ गरीएको कम्पनिले जनाएको छ ।
यो केबलकार परियोजना २०७६-०१-०२ गते बसेको ७१औ नगर कार्यपालिकाको निर्णय अनुसार २०७६-०१-०६ मा केबलकार निर्माण तथा संचालन अनुमती प्राप्त भएको हो । कम्पनीले उक्त दक्षिणकाली नगरपालिका बाट मिति २०७६-०१-०६ मानिर्माण तथा संचालन अनुमति पत्र प्राप्त गरे पश्चात निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपालतथा नेपालबाहिर विभिन्न देशमा वस्ने भएको हुँदा निज जग्गा धनीहरुलाई सम्पर्क गरि निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वे का जग्गाहरु ख्रिद गर्ने काम सम्पन्न गरीएको छ ।
कम्पनीले उक्तकार्य गर्दा गर्दै कोभिड–१९ को माहामारी देशै भरी फैलिई देशै बन्द रहेको अवस्था भएकोमा ६ महिना काम गर्न नसकि सो पश्चातउक्त क्षेत्रको खहरे चोक देखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसन सम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे गरिएको, रोप वे को सर्भे गरिएको चम्पादेवी माताको मन्दीर एरिया, माउण्टेन–१ र २ सर्भेको काम भएको छ । कम्पनीले उक्त केबुलकार संचालनकालागि डिजाईन अष्ट्रियन कम्पनीबाट तयार गरीएको जनाएको छ । कम्पनिका अनुसार यहाल्याईने केबलकार यूरोपियन केबलकार हुनेछ । कम्पनीले चम्पादेवीमाताको मन्दीरको डिजाईन बरिष्ठ आर्किटेक र वास्तु बिशेषज्ञ शंकरनाथ रिमाल बाट गरिएको हो । कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानितखर्च गर्ने योजना रहेको व्यहोरा जानकारी गराएको छ । कम्पनीले उक्त केबुलकार वि।सं। २०७९ ९२०२२० को अन्त्यमा सुरु गरेर वि।सं। २०८१९२०२५० को अन्त्यमा सक्ने व्यहोरा जानकारीकालागि अनुरोध छ ।
कम्पनीले विदेशी लगानीकर्ता समेत भित्राउने लक्ष्य राखेको छ । यो परियोजना संचालनको लागी स्थानियवासिहरुको पनि पूर्ण सहयोगको अपेक्षा गरीएको छ । कम्पनिले बोसन गाउ देखि बेस स्टेशन सम्मका सडकलाई डिजाइन गरेको नक्साअनुसार बिस्तारका लागी सम्बन्धित निकायहरुलाई अभिलम्ब आवश्यक पहल गरीदिन पनि अनुरोध गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्