×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेल्ट्रिक सेटमार्फत विकट चेपाङ गाउँमा उज्यालो, स्थानीयबासी खुशी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पेल्ट्रिक सेटमार्फत विकट चेपाङ गाउँमा उज्यालो, स्थानीयबासी खुशी

Artha Sarokar

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मकवानपुर । चेपाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिवाङ रुन्चेवुङमा पहिलो पटक पेल्ट्रिक सेटमार्फत बिजुली बत्ति बालिएपछि त्यहाँका बासिन्दा खुसी भएका छन् । सीमान्तकृत चेपाङ समुदायको सङ्ख्या धेरै रहेको सो वडामा नेपाल विद्युत् प्राधिकरणको लाइन हालसम्म जडान हुन नसक्दा उक्त सेटमार्फत बिजुली बत्ति बालिएको सो गाउँपालिकाले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा नभएकाले त्यहाँका चेपाङहरुले सल्लोको दियालो बालेर घरमा उज्यालो पार्ने गरेका थिए । गाउँमा बत्ति बाल्न पेल्ट्रिक सेट शुभारम्भ गरिएपछि चेपाङका घरको अँध्यारो हटेर उज्यालो भएको गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताउनुभयो ।

रु २३ लाखको लागतमा सामुदायिक सशक्तिकरण तथा स्थानीय न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोगका साथै स्थानीयवासीको श्रमदानमा चार किलोवाट क्षमताको पेल्ट्रिक सेट सञ्चालनमा ल्याइएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाभरिमा २० वटा पेल्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

पेल्ट्रिक सेटका लागि उक्त सञ्जालले रु १३ लाख सहयोग गरेकामा गाउँपालिकाले रु छ लाख र बाँकी रु चार लाख बराबरको स्थानीयवासीले श्रमदान गरेका थिए । अघिल्लो वर्ष पुस महिनादेखि निर्माण सुरु गरिएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएको उक्त सञ्जालका कार्यकारी निर्देशक प्रवीन्द शाक्यले भन्नुभयो । गाउँपालिका अध्यक्ष मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत् प्राविधिकरणमार्फत विद्युत् सेवा नपुगेकाले गाउँपालिकाले नै यस्ता केही स्थानमा पेल्ट्रिक सेट जडान गरेर बत्ति बालिएको छ । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी