चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । किसानको आर्थिक समृद्धिमा पनि सघाउ पु¥याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानका लागि अनुदान रकम वितरण गरेको हो ।
मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले वडा नं १ का ३३ जना बाख्रापालक किसानलाई जनही रु १० हजारका दरले रकम हस्तान्तरण गर्नुभयो । उहाँले वडा नं १ को ज्यान्दाला, तोवाङ र मेत्राङका बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गर्नुभएको हो ।
यसैबीच उत्कृष्ट खोर निर्माण गर्ने तीन समूहलाई रु २५ हजारका दरले रकम हस्तान्तरण गरिएको छ । गाउँपालिकाका सातवटै वडामा गरी ५२ बाख्रापालक कृषक समूह निर्माण गरी काम भइरहेको छ । हालसम्म ३९ बाख्रापालक किसानलाई रकम वितरण गरिसकिएको अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाका ५२ समूहका १३० बाख्रापालक किसानलाई नमूना खोर निर्माण तथा खोर सुधारका लागि अनुदान दिइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
जनताको जीवनस्तर उकास्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रमअन्तर्गत गैररसकारी संस्था हेफर नेपाल र दियालो परिवारसँग तीन वर्षभित्र रु एक करोड ५२ लाख खर्च गर्ने गरी सम्झौता भएको छ । त्यसमध्ये साझेदारी संस्थाको २५ प्रतिशत सहयोग रहनेछ । साथै गाउँपालिकाले युवा र बाबु समूह गठन गरी आर्थिक समृद्धिका लागि आधारशिला तालिम दिइने अध्यक्ष गुरुङले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्