Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकद्धारा नागरिक एपमार्फत अनलाइनखाताखोल्न सक्ने सुबिधा आरम्भ

अर्थ सरोकार

काठमाडौँ। डिजिटल बैंकिंगलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहक महानुभावहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । यहि वैशाख ७ गते बैंकले आफ्नो १५ औं वार्षिकोत्सव मनाउँदैछ ।

नागरिक एपमार्फत खाता खोल्नका लागी ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ । त्यसपछि स्क्रीनमा देखिएको क्यू.आर कोड(QR Code) लाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ। सो प्रकिृया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरु आफै अनलाइन फर्ममा भरिनेछन् र बाँकी विवरण भरी ग्राहकहरुले सजिलै अनलाइन खाता खोल्न सक्नुहुनेछ । आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षि ततवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले ई. के. वाई. सी. तथा कियोस्क (Kiosk) सेवाको सुरुवात गरिसकेको छ । कियोस्क (Kiosk) मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।

साथ साथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र(Customer Support Centre) को समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१-५९७००६८  नम्बरमा फोन गरी तथा ईमेल गरी प्राप्तगर्न सक्नेछन् । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK