काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २.८७ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज ४४.८४ प्रतिशतले वृद्धि हुँदा सञ्चालन नाफा ११.१५ प्रतिशतले वृद्धि भएको छ । यस्तै वितरणयोग्य नाफा भने ३५.६२ प्रतिशतले घटेको छ । बैंकको अघिल्लो वर्ष खराब कर्जा १.८३ प्रतिशत थियो भने यस वर्ष १.७२ प्रतिशत रहेको छ ।
यसैगरी बैंकले निक्षेप संकलन ३ प्रतिशतले बढाउन सफल भएको छ भने कर्जा लगानी ११.१५ प्रतिशतले बढाउन सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७९ पैसाले घटेर १४ रुपैयाँ ९३ पैसा पुगेको छ र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्