काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ५ करोड २८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.६२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ५०.९१ प्रतिशतले बढेर १७ करोड ६४ लाख ७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १५.३८ प्रतिशतले बढेर ८ करोड १३ लाख ७९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ६६ पैसा रहेको छ ।