काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ८४ जना कर्मचारीको माग गरेको हो ।
कम्पनीले कनिष्ठ अधिकृतमा ५ जना, सहायक कनिष्ठ अधिकृतमा ९ जना, बरिष्ठ सहायकमा ४५ जना र कनिष्ठ सहायकमा २५ जना कर्मचारीको माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्ण देखि स्नातक उत्तिर्ण गरेको तथा लघुुवित्त क्षेत्रमा अनुभवी कर्मचारीलाई माग गरेको छ ।
योग्यता पुगेको इच्छुकले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको वेभसाइट www.civillaghubitta.com.np मामार्फत आवेदन दिन सक्नेछन् ।