काठमाडौँ। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौं टंगालबाट,ओखलढुङ्गा साविक बलखु गा.बि.स. वडा नं. ९ को परिवर्तित सुनकोशी गाउँपालिका वडा नं.१ घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. १०, शिवमन्दिर चोक कपन बस्ने ३४ बर्षका राम कुमार राईलाई बुधबार पक्राउ गरेको हो।
उच्च अदालत पाटनबाट मिति २०७८ फागुन २९ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र रु. ११ लाख ६९ हजार रुपैयाँ जरिवाना ठहर भए पछी उनी फरार रहेका थिए । राईले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी राष्ट्रिय वाणिज्य वैंक लिमिटेड, गौशालामा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्