काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आगामी वैशाख पहिलो साताभित्र आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । यस कम्पनीले एकैसाथ धेरै कम्पनीको आइपीओ आउन लागेपछि निष्कासन मिति पर सारेको जनाएको छ ।
उक्त आइपीओ निष्कासन गर्नको लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चैत्र ९ गते स्वीकृती पाएको थियो । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ८ करोड २१ लाख रुपैयाँ रहेको छ । आइपीओ निष्कासनपछि पूँजी १२ करोड १६ लाख रुपैयाँ पुग्ने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्