काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यस त्रैमासमा सबै सूचकमा आकर्षक वृद्धि भएको छ । कम्पनीले खुद नाफा १०९.४१ प्रतिशतले बढाएर ९ करोड ९९ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ४ करोड ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो वर्षको यसैअवधिमा १० करोड १५ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस त्रैमासमा ५५.३१ प्रतिशतले बढाएर १५ करोड ७७ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गर्न सफल भएको छ । यस्तै अघिल्लो वर्ष ४ करोड ३३ लाख ५१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस त्रैमासमा १०१.१७ प्रतिशतले बढाएर ८ करोड ७२ लाख १० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्