×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा १०९.४१ प्रतिशतको छलाङ, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा १०९.४१ प्रतिशतको छलाङ, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

Artha Sarokar

५ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको यस त्रैमासमा सबै सूचकमा आकर्षक वृद्धि भएको छ । कम्पनीले खुद नाफा १०९.४१ प्रतिशतले बढाएर ९ करोड ९९ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ४ करोड ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्षको यसैअवधिमा १० करोड १५ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस त्रैमासमा ५५.३१ प्रतिशतले बढाएर १५ करोड ७७ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गर्न सफल भएको छ । यस्तै अघिल्लो वर्ष ४ करोड ३३ लाख ५१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस त्रैमासमा १०१.१७ प्रतिशतले बढाएर ८ करोड ७२ लाख १० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी