काठमाडौँ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक आज बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । २७ औं संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट रहेको छ ।
डाईमण्ड प्रायोजक डिशहोम फाईवरनेटले आफ्नो स्टलनं. डि ३१ मार्फत आफ्नो फाईवरनेटको आवस्यक जानकारी दिनुका साथै, भिजिटरलाई डिशहोम गो को एक हप्ताका लागी प्रयोग गर्न मिल्ने युजर आईडी तथा पासवर्ड प्रदान गर्नेछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ । यस पटकको क्यान इन्फोटेकमा आइसिटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, सूचना प्रविधि, वाई–फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरू रहनेछन् ।
यस वर्षको क्यान इन्फोटेक साढे तीन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ । यो मेलालाई आईएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सह प्रायोजककोे रुपमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) रहेको छ । साथै प्लेटिनम प्रायोजकमा वर्ल्डलिङ्क कम्युनिकेसन्स, डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट, गोल्ड प्रायोजकमा नेपाल टेलिकम, सिल्भर प्रायोजकमा नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्