कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ मा रु सात करोडको लागतमा खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइएको छ । “लामो समयदेखि हेण्डपम्पको पानी प्रयोग गर्दै आएका थियौँ”, स्थानीय शेरबहादुर सार्कीले भन्नुभयो, “आयोजना निर्माण हुन थालेपछि शुद्ध खानेपानी पाउनेमा आशावादी छौँ ।”
हेण्डपम्पको पानीमा आर्सेनिक, आइरनलगायत रसाइनका कारण विभिन्न किसिमका रोगको समस्या स्थानीय बासिन्दाले झेल्दै आएका छन् । छ सय घरघुरीमा सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि खानेपानी आयोजना सञ्चालन गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो । दुई वर्षभित्रै उक्त आयोजना सम्पन्न गर्ने गरी कार्य भइरहेको छ । उहाँका अनुसार स्थानीय बासिन्दाका घरघरमा खानेपानी पु¥याउने लक्ष्यअनुरुप कार्य अगाडि बढाइएको छ । आवश्यकताका आधारमा सार्वजनिक स्थान, विद्यालय, स्वास्थ्य चौकीलगायत क्षेत्रमा धारा राख्ने योजनासमेत छ ।
“खानेपानी आयोजनासँगै वडा क्षेत्रमा नगर उद्यान निर्माणको कार्यसमेत अगाडि बढ्ने भएको छ”, वडाध्यक्ष ऐरले भन्नुभयो, “रु दुई करोड २० लाखको लागतमा नगर उद्यान निर्माण हुन लागेको छ ।”चार बिघा जग्गामा निर्माण भइरहेको उद्यानमा बालबालिकाका लागि खेल्ने मनोरञ्जन गर्ने साधनसँगै फूलबारी, सौर्यबत्ती, पानीका फोहरा राखिनेछन् । पालेघर, पर्खालसँगै शौचालयसमेत निर्माण गरिने छ । घरकटुवा खोलामा रु ८३ लाखको लागतमा मल्टिस्पान झोलुङ्गेपुल, रु १२ लाखको लागतमा वडाका विभिन्न स्थानमा सौर्यबत्ती, रु चार लाखको लागतमा १२० वटा सडक बत्ती, रु १४ लाख ५० हजारको लागतमा २७ ठाउँमा खानेपानीको अटोजन नल्का गाडिएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्