तनहु। व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नगर विकास कोषबीच ऋण सम्झौतापछि निर्माण कार्य अघि बढेको छ । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैबीच उक्त सम्झौता भएको हो । खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएपछि सहलगानी आयोजना अन्तर्गत मादीनदी लिफ्टी–खानेपानी आयोजनाका लागि रु तीन करोड ८१ लाखको ऋण सम्झौता भएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल खानेपानी आपूर्तितर्फ रु १५ करोड २४ लाख ३६ हजारको दुवै कार्यालयबीच सम्झौता भएको हो । उपभोक्ताबाट सङ्कलित पाँच प्रतिशत अर्थात् रु एक करोड ३१ लाख खातामा जम्मा गरिसकेपछि सम्झौता भएको हो । व्यास नगरपालिका–४ स्थित मादी नदी किनारबाट व्यास नगरपालिका–१ को अमिली भञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याउन लागिएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । सम्झौतापश्चात् व्यास नगरपालिका–१ स्थित अमिलीभञ्याङमा प्रशोधन केन्द्रका लागि जग्गा सम्याउने काम सम्पन्न गरी सेडीमेन्टेन्सन, स्लो स्याण्ड र रिजर्भ ट्याङ्की निर्माण भइरहेको छ ।
उक्त खानेपानी संस्थाले खानेपानी प्रशोधन केन्द्र निर्माण गर्नका लागि करिब ३६ आना जग्गा यसअघि नै खरिद गरिसकेको छ । नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । विसं २०८० भदौ भित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । उक्त आयोजनाको ठेक्का पराजुली कन्स्ट्रक्सनले लिएको छ । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म २ हजार ६०० बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ । आयोजना निर्माणपछि व्यास नगरपालिकाको वडा नं १ का पूरै र वडा नं १२ का केही स्थानका बासिन्दाले पानी पाउने संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्