काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता देव प्रसाद गुरुङले अहिलेको आर्थिक संकट आउनुमा अघिल्लो सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्व दोषी रहेको बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वका सरकारले लिएका आर्थिक नीति र नियमन गर्ने नेपाल राष्ट्र बैंककै कमजोरीका कारण अर्थतन्त्रमा समस्या देखा परेको बताए । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारवाहीको पक्षमा आफ्नो पार्टी रहेको बताए । उनले सरकारको निर्णयप्रति पार्टीको समर्थन रहेको समेत बताए। उनले अहिले देखा परेको अर्थतन्त्रको समस्या रातारात नभएर विगतका सरकारका नीतिका कारण भएको बताए ।
“पार्टी पनि सरकारले गरेको पक्षमा छ, सरकारले गरेको निर्णयको पार्टीको समर्थन छ । कारवाही गर्ने समय र पस्थितिबारे त सरकारले अवश्य पनि सोचोरै गरेको होला, त्यो सरकारले मूल्यांकन गरेको होला” गुरुङले भने । उनले वित्तिय एकाधिकार दलाल पुँजिवादका अर्थतन्त्रमा समस्या देखा परेको बताए । खुला बजार अर्थतन्त्र, नीजिकरण, उदारिकण चिन्तले कृषिलगायतका राष्ट्रिय उद्योग विस्थापन हुनुको साटो वित्तिय एकाधिकार पुँजीमा भर पर्नुपर्ने अवस्थाका देशमा सिर्जना भएको बताउँदै गुरुङले परनिर्भरता बढ्दै गएको बताए । उनले परनिर्भरतलाई न्यूनिकरण गर्दै आत्मनिर्भर बनाउने राज्यको भूमिका हुनुपर्ने तर त्यो विगतमा नभएको बताए । “राज्यको भूमिका परनिर्भरतालाई न्यूनिकरण गर्दैगर्दै कसरी आत्मनिर्भरताको दिशामा लैजाने हुनुपर्ने हो तर, विगत साढे तीन बर्षसम्म तत्कालिन केपी ओली नेतृत्वको सरकारको भिजन र सोँच त्यो दिशामा जान सकेन । झन् परनिर्भताको पराकाष्ठ पुग्यो । यही बेला विश्वमा कोरोना भाइरस महामारी आयो, यसले अर्थतन्त्रलाई गम्भीर क्षति पुर्यायो ।
कोरोनाभाइरस पछि आन्तरिक उत्पादनलाई जोड दिनुपर्ने, कृषि उत्पादनलाई जोड दिनुपर्ने, औद्योगिक उत्पादनलाई जोड दिनुपर्ने, मझौला उद्योग संचालनमा जोड दिएर रोजगारलाई बिस्तार गर्दै राष्ट्रिय पुँजी निर्माणको दिशामा जानुपर्ने थियो तर ओली नेतृत्वको सरकार गएन” गुरुङले भने । उनले ओली सरकारकै पालामा कोरोनापछि अर्थतन्त्रलाई सुधार गर्नुपर्छ भन्ने नाममा नेपाल राष्ट्र बैंकबाट दुई खर्बभन्दा बढी सहुलियत व्याजमा ऋण जारी गरेर अनुत्पादनशील क्षेत्रमा लगानी भएको बताए । उक्त ऋण घरजग्गा, शेयर जस्ता अनुत्पादन क्षेत्रमा लगानी भएको बताउँदै गुरुङले भने, “सेवामुखी क्षेत्रमा लगानी भएपछि उत्पादन दिएन, उत्पादन नदिएपछि सेवामुखी क्षेत्रमा मुद्रा सप्लाई हुने र उत्पादन नहुने भएपछि बाहिरबाट बस्तु आयत हुन थाल्यो, यसले व्यपार असन्तुलन बन्दै गयो, विदेशी सामान भित्र्याउँदा डलरमा भुक्तानी दिँदा राष्ट्र बैंकसँग भएको संचिती घट्दै गएपछि समस्या भएको हो ।”
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक समेत रहेका गुरुङले रेमिट्यन्स बैंकिङ प्रणालीभन्दा बाहिरबाट आएकाले राष्ट्र बैंकमा डलर जम्मा नभएको बताए । उनले ओली सरकारको गलत नीतिका कारण अहिले अर्थतन्त्रमा समस्या देखा परेको बताउँदै गुरुङले भने, “विगत कालका सरकारका गलत नीतिको परिणाम स्वारुप अहिले अर्थतन्त्र संकट देखा परेको हो । यो रातारात पैदा भएको संकट होइन ।” नेपाल राष्ट्र बैंकले ठिकसँग नियमन गर्न नसकेका कारण समस्या पैदा भएको गुरुङले बताए । राष्ट्र बैंकको नेतृत्वले वित्तिय नीतिलाई ठिकसँग लागु गर्न नसकेको र वित्तिय अर्थतन्त्रलाई सुधार गर्ने दिशातिर नलागेको बताए । “गभर्नरको सोँच र विचारमा समस्या देखा पक्कै पनि पर्यो । यसले राष्ट्र बैंकको नेतृत्वबारे सरकारले सोच्नुपर्ने त देखिन्छ” गुरुङले भने । गुरुङले अन्तरिम आदेश दिँदा पनि स्वार्थ जोडिएका न्यायाधीशले मुद्धा हेरिएको समेत बताए । त्यसैगरी गुरुङले नेकपा एमाले प्रतिगामी र पश्चिगामी शक्ति भएकोले वामपन्थीहरुबीच चुनावी तालमेल हुन नसकेको बताए । लामो जनताको संघर्षबाट प्राप्त उपलब्धीको रक्षा पश्चिगामी भन्दा यथास्थितिवादबाटै हुने भएकोले नेपाली काँग्रेससँग चुनावी तालमेल भएको बताए ।
पश्चिमा शक्ति केन्द्रहरुले नेपाललाई युक्रेनजस्तो बनाउन खोजेको भन्दै गुरुङले देशको स्वाधिनतालाई ध्यान दिएर पाँच दलबीच गठबन्धन भएको बताए । “राज्यका अंगहरुको भताभंगु बनाउने र जबरजस्त संकटग्रस्त पारेर विदेशी सेना ल्याउने चाहना छ, एमालेको नेतृत्वले देशमा अस्थिरता निम्त्याउन चाहन्छ । स्थानीय तहमा यही सोँच र प्रवृति हावी वा जिते फेरि पनि राष्ट्रि सुरक्षाम संकट पैदा हुन्छ” गुरुङले भने । नेपालको रक्षाको लागि पनि पाँच दलीय गठबन्धनलाई भोट दिनुपर्ने दाबी समेत गुरुङले गरे । गठबन्धनको निर्णय विपरित केही स्थानमा उम्मेदवारी दिएको कुरा सुन्नमा आएको बताउँदै गुरुङले उम्मेदवारी फिर्ता लिने बेलासम्म समस्या हल हुने बताए । उनले यदि त्यो पनि नभए गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा हुन सक्ने पनि बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्