काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस त्रैमासमा १ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ०.५९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको अवधिमा बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको यस त्रैमासमा खुद ब्याज आम्दानी २४.५६ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ०.६२ प्रतिशतले बढेको छ । यस्तै वितरणयोग्य नाफा १६२.४६ प्रतिशतले बढेर २ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
निक्षेप संकलन ०.९८ प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी १२.२२ प्रतिशतले वृद्धि भएको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १५ पैसाले घटेर २१ रुपैयाँ ४५ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ २७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्