पोखरा । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला अतिक्रमण रोक्न पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा उजुरी दिएको छ ।
पोखरा महानगरपालिका– १८ अँधेरीकुनादेखि सुरु भई वडा नं २, ४, ५, ८, ७, ६ हुँदै वडा नं १७ फेवातालमा समाहित हुने फिर्के खोलामा चरम अतिक्रमण गरी संरचना निर्माण भइरहेको र पटक–पटक जानकारी गराउँदासमेत यस विषयमा पोखरा महानगरपालिकाले गम्भीरतापूर्वक नलिएको व्योहोरा उल्लेख गरी आयोगमा उजुरी दिएको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले यस विषयमा सम्बन्धित निकायलाई धेरैचोटी ध्यानाकार्षण गरायाँै तर सुनुवाइ भएन, त्यसैले अहिले अख्तियार कार्यालयको तर्फबाट तत्कालै रोक्का गरी आवश्यक छानबिन गरिपाउँ भनि उजुरी दिएका छौँ ।” उहाँले मुहानबाट फेवातालसम्म व्यापक अतिक्रमण हुँदै गएको र कथित नयाँ प्रमाण देखाएर अद्यावधिक गरेको भन्दै लालपूर्जा देखाएको ‘राइट अफ वे’ पनि देखाउन नसकेका कारण यो रोक्न अख्तियार पुगेको बताउनुभयो ।
प्राकृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गरेर अघि बढ्नुपर्ने निकाय नै यस विषयमा गम्भीर हुन नसक्दा अतिक्रमण बढ्दै प्राकृतिक सम्पदा नासिँदै गएको उहाँको भनाइ छ । पौडेलले सोही व्योहोराको निवेदन कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायलाई पनि बुझाएर ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले तत्काल अतिक्रमण रोक्नका लागि पोखरा महानगरपालिकालाई तथा यस कार्यमा आवश्यक समन्वय गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिसकेको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्