×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सले तेस्रो त्रैमासमा कमायो १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ खुद नाफा, अधिकांश सूचकहरुमा आकर्षक वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फर्स्ट माइक्रोफाइनान्सले तेस्रो त्रैमासमा कमायो १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ खुद नाफा, अधिकांश सूचकहरुमा आकर्षक वृद्धि

Artha Sarokar

५ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबै सुचकहरु बढायन सफल भएको छ । कम्पनीले यसअवधिमा ४६.४४ प्रतिशतले खुद नाफा बढाएर १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ११ करोड ३४ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता अघिल्लो वर्ष १९ करोड १७ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको यस त्रैमासमा ६०.१४ प्रतिशतले बढाएर ३० करोड ७१ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष कम्पनीले १९ करोड १७ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै अघिल्लो वर्ष १५ करोड ५४ लाख ३२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले यस त्रैमासमा ६१.५९ प्रतिशतले बढाएर २५ करोड ११ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७२ पैसाले बढेर २२ रुपैयाँ ९७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी