Skip to content
LAXMI SUNRISE BANK

फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त, आइटी क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव

अर्थ सरोकार

काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन्। फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागु हुनेगरि सापकोटालाई सिइओको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए। सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गर्नुभएको थियो । उहाँ यसअघि नेपाल क्लियरिङ्क हाउसमा आबद्ध हुनुहुन्थ्यो । एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गर्नुभएका सापकोटासँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ । आइटी देखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK