×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको वार्षिक साधारणसभा शुक्रबार हुँदै, यस्ता छन् पेस हुने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिमा विकास बैंकको वार्षिक साधारणसभा शुक्रबार हुँदै, यस्ता छन् पेस हुने एजेन्डा

Artha Sarokar

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंकको वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । सभा होटल पोखरा ग्राण्ड पोखरामा बिहान १०ः३० बजेदेखि सुरु हुने भएको हो । सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १६% बोनस दिने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले सहारालाई प्राप्तिपश्चात कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँबाट बोनस सेयर घोषणा गरेको हो । यसर्थ, बैंकले ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
जसमा कात्तिक २८ गतेसम्म कायम सेयरधनीलाई कर छुट हुनेछ भने त्यसपछि सेयर खरिद गर्ने लगानीकर्ताले नियमअनुसार कर तिर्नुपर्नेछ । सभाको लागि बैंकले चैत ४ गतेदेखि बुक क्लोज गरिसकेको छ । चैत ३ गतेसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् ।
यस्तै ५१% संस्थापक सेयर हुनुपर्ने व्यवस्थाअनुसार अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले अन्य कुनै वित्तीय संस्थामा गाभ्न–गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ । बैंकको आर्थिक वर्ष २०७७/७८ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी