×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १५.६९ प्रतिशतले नाफा बढ्दा प्रतिसेयर नेटवर्थ कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गरिमा विकास बैंकद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १५.६९ प्रतिशतले नाफा बढ्दा प्रतिसेयर नेटवर्थ कति ?

८ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ७८ करोड ४६ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १५.६९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ६७ करोड ८२ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै बैंकको वितरण योग्य नाफा ५० करोड ६० लाख ७७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी ३७.२४ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा १५.६२ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७६ पैसाले घटेर २२ रुपैयाँ ८४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: