×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा क्यापिटलको छैंठौं वार्षिक साधारणसभा वैशाख ९ गते हुने, १५.६५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गरिमा क्यापिटलको छैंठौं वार्षिक साधारणसभा वैशाख ९ गते हुने, १५.६५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा क्यापिटलले आफ्नो छैंठौं वार्षिक साधारणसभा वैशाख ९ गते बोलाएको छ । कम्पनीले सभा पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठ काठमाडौंमा दिउँसो २ बजे बोलाएको हो ।
सभामा कम्पनीले चुक्ता पूँजीको १५.६५% नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ ।
यस्तै आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: