×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : गहुँ भित्र्याउन व्यस्त घोराहीका किसान, ईंटा उद्योगमा मजदुरी गर्दै महोत्तरीका मजदुर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : गहुँ भित्र्याउन व्यस्त घोराहीका किसान, ईंटा उद्योगमा मजदुरी गर्दै महोत्तरीका मजदुर

Artha Sarokar

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले गहुँ भित्र्याउन व्यस्त रहेका घोराहीका किसानदेखि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-४ स्थित काली ईंटा उद्योगमा ईंटा बोक्दै गरेका मजदुरसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :
घोराही-१७ कर्जाहीका किसान बाली भित्र्याउन बारीमा गहुँ केलाउँदै । यसपाली पर्याप्त पानी  परेकोले गँहु उत्पादन राम्रो भएको किसानहरु बताउँछन् ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-४ स्थित काली ईंटा उद्योगमा ईंटा बोक्दै मजदुर ।

सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजना स्थल । मेलम्ची खानेपानी विकास समितिले आजबाट खानेपानी सुरुङमा पठाउने तयारी गरेको छ ।

स्याङ्जाको वालिङ– ७ मा निर्माण सम्पन्न भएको भोटेखोरिया बाहुनधारा सिँचाइ पक्की कुलो । वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट झण्डै एघार लाखको लागतमा ७५० मिटर लामो कुलो निर्माण गरिएको हो ।

पाल्पा रामपुर नगरपालिका-४ स्थित हाम्रो आधुनिक कृषि फार्ममा लगाइएको तरकारी खेतीको अवलोकन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पाल्पाका प्रमुख दिपक भट्टराई, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयलगायत ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर स्थित भानु मा.वि.को कम्प्युटर प्रयोगशालामा सोमबार पढ्दै विद्यार्थीहरु ।

खानेपानी मन्त्री उमाकान्त चौधरी मङ्गलबार बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पथान्तरण कार्यको उद्घाटन गर्दै ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी