×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको ४.१३ प्रतिशतले बढ्यो खुद नाफा, प्रतिसेयर आम्दानी २० रुपैयाँ ८८ पैसा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकको ४.१३ प्रतिशतले बढ्यो खुद नाफा, प्रतिसेयर आम्दानी २० रुपैयाँ ८८ पैसा

Artha Sarokar

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई बैंकले वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकले  यस  त्रैमाससम्म आइपुग्दा    ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो  वर्षको यसैअवधिमा बैंकले  ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा आर्फ्जन गरेको थियो।  जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको नाफा  ४.१३५ प्रतिशतले बढी हो।

यता बैंको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ । यस्तै  खुद ब्याज आम्दानी  ८/२९ प्रतिशतले बढेको क्ष भने  सञ्चालन नाफा २.७३ प्रतिशतले बढेको छ।  बैंको निक्षेप संकलन पनि ०.२४ प्रतिशत र  कर्जा लगानी  १३.८० प्रतिशतले  बढेको छ । यस्तै बैंको  प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसाले घटेर  २० रुपैयाँ ८८ पैसामा सिमित भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी