×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२६.१५ प्रतिशतले घट्यो गुडविल फाइनान्सको खुद नाफा, प्रतिसेयर आम्दानी पनि १५ रुपैयाँ ६२ पैसामा सीमित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२६.१५ प्रतिशतले घट्यो गुडविल फाइनान्सको खुद नाफा, प्रतिसेयर आम्दानी पनि १५ रुपैयाँ ६२ पैसामा सीमित

८ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ११ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २६.१५ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष कम्पनीले १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज ३३.५६ प्रतिशतले घट्दा सञ्चालन नाफा पनि २८.४९ प्रतिशतले घटेको छ । यस्तै वितरणयोग्य नाफा पनि २७.३३ प्रतिशतले घटेर ५३ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

यसैगरी बैंकले निक्षेप संकलन ३.६४ प्रतिशतले बढाउन सफल भएको छ भने कर्जा लगानी ११.४३ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४६ पैसाले घटेर १५ रुपैयाँ ६२ पैसामा सिमित भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: