×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारीलाई निलम्बन गरेको विरोधमा कर्मचारी संघद्धारा राष्ट्र बैंकमा कालो ब्यानर झुण्ड्याए प्रदर्शन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गभर्नर अधिकारीलाई निलम्बन गरेको विरोधमा कर्मचारी संघद्धारा राष्ट्र बैंकमा कालो ब्यानर झुण्ड्याए प्रदर्शन

Artha Sarokar

४ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले राष्ट्र बैंकमै कालो ब्यानर झुण्ड्याएर प्रदर्शन गरेका छन् । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा कर्मचारी संघले राष्ट्र बैंकमै कालो ब्यानर झुण्ड्याएर प्रदर्शन गरेका हुन् । सरकारी निर्णयको विरोधमा कालो ब्यानर झुण्ड्याएर कोणसभा आयोजना गरेको संघका सचिव कृष्ण प्रसाद खरालले जानकारी दिए ।

राष्ट्र बैंकका केन्द्रीय कार्यालयलगायत उपत्यकाबाहिरका पनि सबै कार्यालयमा एकैसाथ कालो ब्यानर टाँगेको विरोध गरिएको छ । ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नांगो हस्तक्षेप बन्द गर’, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गर्रिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर’ र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’जस्ता नारा लेखिएको छ ।

कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव थपलिया, महासचिव शंकर प्रसाद भट्टराईलगायत संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, बालुवाटार र थापाथली समितिका पदाधिकारी, सदस्य र साधारणसदस्यलगायत उपस्थिति रहेको  थियो ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी