काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दा हेर्दैमा रहेको छ । गभर्नर अधिकारीले आफूलाई हटाउने ढंगले गरिएको जाँचबुझ आयोग खारेजीको माग गर्दै परेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा रहेको हो ।
न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइ दुवै पक्षको बहस नसकिएकाले हेर्दा हेर्दैमा रहेको बताइएको छ । गभर्नर अधिकारीलाई यसअघि हरि फुयाँलको इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत काममा फर्काएको थियो ।