काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले ऐनले तोकेका सबै काम पूर्ण प्रतिवद्धताका साथ गरेको दाबी गरेका छन् । सरकारले गभर्नर अधिकारीमाथि जाँचबुझ गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट दायर गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
यस्तै अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आफूलाई हटाएर आफू अनुकुलको व्यक्तिलाई नियुक्त गर्ने उद्देश्यले कानूनको व्यवस्था विपरीत जाँचबुझ समितिमा अर्थमन्त्रीको नाता पर्ने व्यक्ति राखिएको पनि दाबी गरेका छन् ।
सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी गभर्नरको रुपमा काम गर्न कुनै बाधा अबरोध नगर्न नगराउन परमादेशलगायत आवश्यक आज्ञा आदेश जारी गर्नुपर्ने अधिकारीले अदालत समक्ष माग राखेका छन् ।