Skip to content
LAXMI SUNRISE BANK

हिमालयन बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, १ अर्ब ३९ करोड १५ लाख खुद नाफा कमाउन सफल !

अर्थ सरोकार

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस त्रैमाससम्मा १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ८.११ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी २४.०१ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ६.२६ प्रतिशतले बढेको छ।  यस्तै  वितरणयोग्य नाफा ४२.५८ प्रतिशतले घटेर ४८ करोड ६७ लाख रुपैयाँमा सिमित भएको छ ।

बैंकको निक्षेप संकलन १७.२३ प्रतिशतले बढ्दा कर्जा लगानी १९.३३ प्रतिशतले वृद्धि भएको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ७५ पैसाले घटेर १४ रुपैयाँ ३१ पैसा कायम रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK