×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा ठिक पार्नुस् है ! वैशाख २५ देखि हिमालयन हाइड्रोपावरको आइपीओ आउँदै, कास्कीका बासिन्दाहरुले मात्रै भर्न पाउने

PRIME CA

पैसा ठिक पार्नुस् है ! वैशाख २५ देखि हिमालयन हाइड्रोपावरको आइपीओ आउँदै, कास्कीका बासिन्दाहरुले मात्रै भर्न पाउने

१६ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हिमालयन हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले वैशाख २५ गतेदेखि स्थानीयलाई जारी पुँजीको ८.२२ प्रतिशत अर्थात ९ लाख कित्ता आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरु, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दाका लागि आइपीओ जारी गर्ने भएको हो ।

त्यस्तै मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरु र मादी गाउँपालिकाका वडा न. ६ र ७ साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने भएका छन् । निष्कासन गरिएको उक्त सेयर सबै बिक्री नभएको खण्डमा भने बाँकी रहेको सेयरमा थप गरी सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । उक्त आइपीओमा छिटोमा जेठ ८ गतेसम्म र ढीलोमा जेठ २३ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीले जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट ९ करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुछ्रे बैंकको मादी शाखा कस्कीबाट आवेदन दिन सक्नेछन् । त्यस्तै मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कास्कीबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । साथै सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: