काठमाडौँ । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो ।
खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ । यसअघि टिप्परमार्फत चङ्खेली गाउँपालिकाको सरिसल्ला हुँदै सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पु¥याइएको खाद्यान्न हेलिकप्टरमार्फत सिमकोटसम्म ढुवानी गरिँदै आएको थियो ।
यसअघि विमानस्थलबाट ट्र्याक्टरले गोदामसम्म खाद्यान्न ढुवानी गर्ने गरेको थियो । अहिले खाद्यान्न ढुवानी गर्ने सिमकोटस्थित तल्लो बजारको महिला छात्रावास क्षेत्रमा सडक मर्मत भइरहेको हुँदा ढुवानी हुन नसकेको लिमिटेड शाखा हुम्लाले जनाएको छ । सडक नबनेसम्म खाद्यान्न विमानस्थलमै थन्किने छ । हाल सिमकोट विमानस्थलमा ५२९ क्विन्टल खाद्यान्न रोकिएको छ । सडक बन्न अझै एक साता बढी लाग्ने बताइएको छ ।
सिमकोटका किसान आलु खेतीतर्फ
पछिल्लो समय हुम्ला सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर, चिसो र कादोभन्दा आलु खेतीमा जोड दिइएको छ । उत्पादन बजारमा सहजै बिक्री हुन थालेपछि किसान आलु खेतीतर्फ आकर्षित भएका हुन् ।
जति फलाए पनि बिक्रीको चिन्ता नभएको यहाँका किसान बताउँछन् । सिमकोटको वडा नं ५ तल्लो गाउँ र वडा नं ६ माथिल्लो गाउँका किसानले आलु खेती मात्रै गर्ने गरेका स्थानीय मुक्ति रावतले बताउनुभयो । यहाँ बर्खामा मात्र आलु खेती गर्ने चलन छ । यहाँका अधिकांश किसानले आलु उत्पादन गरेर घरखर्च चलाउँदै आएका छन् । सिमकोटमा आलु प्रतिकिलो सिजनमा रु ८० देखि रु १०० सम्ममा तथा अरु समयमा रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको छ ।
सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रका किसानलाई अहिले आलु रोप्न चटारो छ । खेत खनजोतका साथै आलु उत्पादनका लागि ब्याड बनाउने काममा उनीहरु व्यस्त छन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्