काठमाडौ । जलविद्युत् प्रवर्दकहरु जलविद्युत् आयोजना विकास गर्दा वातावरणीय अध्ययन, समाजिक व्यवस्थापनमा संवेदनशील हुन सुझाव दिइएको छ । हिमालयन हाईड्रो एक्पोको जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया सहभागीले आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चिताका लागि यस्तो आवश्यकता बढ्दो रहेको औल्याएका हुन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनिशराज पाण्डेले जलवायु परिवर्तनका असर वर्तमानमा मात्र नभएर भविश्यका लागि थप चुनौतिपूर्ण हुने आँकलन गरे । नेपालका अधिकाँश जलविद्युत् आयोजना पहाडी इलाकामा बन्ने र संरक्षण गर्नु पर्ने क्षेत्रमै आयोजनाहरु धेरै हुँदा विकास र वातावरणलाई सन्तुलित रुपमा लैजानुपर्ने आवश्यकता रहेको बताए । सानिमा हाईड्रोका प्रमुख डा.सुवर्णदाश श्रेष्ठले वातावारणीय सामाजिक विषयबस्तुलाइृ हामीले प्राथमिकतामा नराखेकै कारण क्षति भोग्नु परेको दृष्टान्त प्रस्तुत गरेका थिए । वातावरणीय व्यवस्थापनमा वृक्षारोपणका लागि क्षेत्र पहिचान र विस्तार गर्न सरकारी कार्याशैली गलत रहेको टिप्पणी उनको थियो ।
डोल्मा इम्प्याक्ट फन्डका अधिकारी विद्यावारीधि सिग्देलले विदेशी लगानी ल्याउन विश्व प्रचलित मान्यता अनुसारका प्रतिवेदन खोज्ने बताउँदै पूर्वतयारीमा विशेष ध्यान दिन आग्रह गए। कतिपय प्रवर्दक लाईसेन्समात्र बोकेर लगानी खोज्न आउँदा सफल नहुने गरेको उनको भनाई थियो । स्थानीय समूदायका समस्यालाई हेर्ने दृष्टिकोणमा पनि फरक बनाउन आवश्यक रहेको औल्याए । एनएमबी बैंकका सरद तुलाधरले वातावरण र समाजिक पक्षलाई व्यवस्थित गर्न सरकारी निकायको सकारात्मक भूमिकाको अपेक्षा गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्