×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ बिक्री गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

PRIME CA

विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ बिक्री गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

२ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरले आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख कित्ता आइपिओ बिक्री गर्ने भएको हो । जसमध्ये ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं, ८ र ९ का स्थानीयलाई छुट्याइएको र ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पुँजी १ अर्बबाट १० करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सो आइपीओ जारी गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने भएका छन् ।

उक्त सेयर बिक्री नभएको खण्डमा भने बाँकी रहेको सेयरमा थप गरी सर्वसाधारणलाई बिक्री खुला गरिने भएको छ । छिटोमा वैशाख २५ गतेसम्म र ढीलोमा जेठ ९ गतेसम्म आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

उक्त आईपीओमा स्थानीयहरुले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: