×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोर्दी खोला जलविद्युतले १० लाख ५४ हजार २६० कित्ता आइपीओ बिक्री गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

PRIME CA

दोर्दी खोला जलविद्युतले १० लाख ५४ हजार २६० कित्ता आइपीओ बिक्री गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

५ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले वैशाख १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १० लाख ५४ हजार २६० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीले लमजुङ जिल्लाको दार्दी गाउँपालिकाका बासिन्दाहरुलाई उक्त आइपीओ जारी गर्न लागेको हो । जसअनुसार साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१ र ८) गाविसका बासिन्दाले आइपीओमा आवेदन दिन पाउने भएका छन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्ने भएका छन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएको खण्डमा भने बाँकी रहेको सेयरमा थप गरी सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । छिटोमा वैशाख २७ गतेसम्म र ढीलोमा जेठ ११ गतेसम्म आइपीओ खुला रहनेछ । रेटिङ एजेन्सी कियर नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर इस्यूअर रेटिङ डबल बी माइनपस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

स्थानीय बासिन्दाले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन् । साथै सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: