×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्दै, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्दै, यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

Artha Sarokar

९ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख ९ गते शुक्रबार बस्दै छ । सभा लैनचोर ब्यांक्वेट काठमाडौंमा बिहान १० बजे हुने भएको छ । सभामा गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।

यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै कम्पनीको अधिकृत पुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गरेको छ । चैत २४ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी