×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा वैशाख १४ गते हुने, आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेस गरिने

PRIME CA

आइएमई लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा वैशाख १४ गते हुने, आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेस गरिने

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चौंथो वार्षिक साधारणसभा वैशाख १४ गते हुने भएको छ । सभा बेगनास हल, ¥याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे हुने भएको हो । कम्पनीले सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुने कम्पनीले जनाएको छ ।
यता अन्य इन्स्योरेन्स कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० लाख कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: