×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमै पहिलो पटक टायल्स उद्योग सञ्चालनमा, २४ घण्टामा २ गुणा २ वर्गफिटको सात हजार प्याकेट टायल्स उत्पादन हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपालमै पहिलो पटक टायल्स उद्योग सञ्चालनमा, २४ घण्टामा २ गुणा २ वर्गफिटको सात हजार प्याकेट टायल्स उत्पादन हुने

Artha Sarokar

१ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगंज । नेपालमा पहिलोपल्ट टायल्स उद्योग सञ्चालनमा आएको छ । बाराको जीतपुर सिमरा-८ इमली पर्तीटोलको साढे ५ बिघा क्षेत्रफलमा जग्गामा नेपाल सेरामिक इन्डस्ट्रिज संचालनमा आएको हो । उक्त उद्योगमा करिब १ अर्बको लगानी रहेको छ ।

उद्योगले फागुनको अन्तिम सातादेखि परीक्षण उत्पादन शुरु गरेको हो । उद्योगको सबै निर्माणको काम सम्पन्न भइसकेर हाल उद्योग सञ्चालनमा आएको छ ।

उद्योगले २४ घण्टामा २ गुणा २ वर्गफिटको सात हजार प्याकेट टायल्स उत्पादन गरिरहेको छ । उद्योगमा हाल १४ महिलासहित ३७ जना स्वदेशी र १४० जना भारतीय कामदार तथा प्राविधिकले काम गरिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी