काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बुधबार वार्षिक साधारणसभा बस्ने भएको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा वैशाख १४ गते बुधबार बस्ने भएको हो । सभा बेगनास हल र्याडिसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा-नोक्सान हिसाब पारित गर्ने एजेण्डा समेत रहेको छ । आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुने भएको छ ।
यस्तै कम्पनीहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । यता एनएफआरएस प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सञ्चालक समितिमा सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्