×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोर्दी खोला जलविद्युतले आयोजना प्रभावितका लागि मंगलबारदेखि आइपीओ बिक्री गर्ने, १० कित्तादेखि भर्न सकिने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

दोर्दी खोला जलविद्युतले आयोजना प्रभावितका लागि मंगलबारदेखि आइपीओ बिक्री गर्ने, १० कित्तादेखि भर्न सकिने !

काठमाडौं । दोर्दी खोला जलविद्युतले मंगलबार आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीकले वैशाख १३ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दार्दी गाउँपालिकाका बासिन्दाहरुलाई आइपीओ जारी गर्न लागेको हो ।

जसअनुसार साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार १ र ८ गाविसका बासिन्दाले आइपीओमा आवेदन दिन पाउनेछन् । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्ने भएका छन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने भएको छ । छिटोमा वैशाख २७ गतेसम्म र ढीलोमा जेठ ११ गतेसम्म आइपीओ खुला रहने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १० प्रतिशत सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी कियर नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर इस्यूअर रेटिङ डबल बी माइनपस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन् । साथै सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: