जाजरकोट । नलगाड नगरपालिकाका–८ की विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेलबाट फोन गर्दा हैरानी खेप्नुपरेको छ । उहाँको मोबाइलमा नमस्तेको नेटवर्क सधैँ आउँछ तर फोन गर्नका लागि एनसेल नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको खत्रीले बताउनुभयो ।
नमस्ते प्राविधिको नेटवर्क प्रयोग गरेर फोन गर्दा आवाज नबुझिने, फोन डायल गर्नेबित्तिकै नलाग्ने समस्याले गर्दा सेवाग्रही हैरान भएको खत्रीले पीडा सुनाउनुभयो । “एनसेल महङ्गो छ, तर राम्रो कुरा आवाज सुनिने भएकाले त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । उहाँजस्तै नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाई समेत फोन नलाग्ने र लागे पनि नबुझिने समस्याले गर्दा दिक्क लागेको छ । फोनमा समस्या आएको कुरा नेपाल टेलिकमलाई जानकारी पनि गराएको छ तर, टेलिकमले त्यो गुनासो सुने पनि नसुनेझै भएको छ ।
फोर जी सेवा विस्तारसँगै फोनमा समस्या आएको सेवाग्राहीको गुनासो छ । बिहान र बेलुकी मात्र थोरै भए पनि काम गर्ने गरेको तर दिनमा कामै नगर्दा आफूहरू हैरान भएको नलगाड–८ कै फत्तबहादुर खत्रीले जानकारी दिनुभयो । यो समस्या भएको दुई महिना बढी भइसके पनि सुनुवाइ नभएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिनुभयो ।
सदरमुकामकै अधिकांश ठाउँमा फोनले काम नगरेको गुनासो धेरै आउने गरेको छ । उता रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको टावरमा समस्या आउँदा त्यसको नेटवर्क डोल्पाको मुड्केचुलामा समेत भएकाले दुवै ठाउँमा फोन सेवा अवरुद्ध भएको छ ।
पहिले फोनले काम गर्ने ठाउँमा अहिले फोनले काम छाडेको सर्वसाधारण बताउँछन् । जिल्लाका अधिकांश ठाउँमा नेपाल टेलिकमको टावर रहे पनि भरपर्दो काम नगर्दा सेवा लिने आम नागरिक पीडा सुनाउँछन् । वर्षामा आकाशमा बादल देखिनेबित्तिकै टावर बन्द हुने, हिउँदमा फोन नै नबुझिने समस्याले गर्दा आफूहरु हैरान भएको बारेकोट–४ का जयलाल बोहराले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्