×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आठ लाख रुपैयाँसहित १३ जुवाडे भक्तपुरबाट पक्राउ, १६ थान कौडासमेत बरामद

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आठ लाख रुपैयाँसहित १३ जुवाडे भक्तपुरबाट पक्राउ, १६ थान कौडासमेत बरामद

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भक्तपुरबाट आठ लाख रुपैयाँसहित १३ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुरको चागुँनारायण नगरपालिका–६, नगरकोट, गैरीगाँउबाट आठ लाख २२ हजार ६० रुपैयाँसहित १३ जुवाडे पक्राउ परेका हुन् ।
मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटेलमा जुवा (कौडा) खेलाइरहेको अवस्थामा उनीहरू पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले जनाएको छ ।
साथै उनीहरूका साथबाट सो रकमसहित १६ थान कौडासमेत बरामद भएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: